Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

स्वास्थ्य मन्त्री र ललितपुर महानगरपालिकाका मेयरबीच स्वास्थ्य क्षेत्रबारे छलफल

स्वास्थ्य मन्त्री र ललितपुर महानगरपालिकाका मेयरबीच स्वास्थ्य क्षेत्रबारे छलफल

  • 91
    SHARES
  • स्वास्थ्य मन्त्री र ललितपुर महानगरपालिकाका मेयरबीच स्वास्थ्य क्षेत्रबारे छलफल

    काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता र ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनबीच शुक्रबार भेटवार्ता भएको छ । मानसिक अस्पताल,लगनखेल अगाडि निर्माण हुन लागेको अपांगमैत्री पुलसहित महानगरपालिकाभित्रको समग्र स्वास्थ्य क्षेत्रका विषयमा छलफल भएको छ  ।

    शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा भएको भेटवार्तामा पुल निर्माण तथा समग्र स्वास्थ्य सेवा विस्तारका विषयमा छलफल भएको हो । भेटवार्तामा ललितपुर महानगरपालिकाभित्र रहेका सरकारी अस्पतालको सेवा सुधारका लागि आवश्यक स्वास्थ्य उपकरण,पूर्वाधार विकास तथा संघीय सरकार र स्थानीय तहबीचको समन्वय र सहकार्यका विषयमा समेत छलफल भएको थियो ।

    मन्त्री मेहताले स्वास्थ्य संस्थाको सेवा सुधार र विस्तारलाई प्राथमिकतामा राखिएको बताइन् । महानगरपालिका प्रमुख महर्जनले महानगर क्षेत्रका स्वास्थ्य संस्थाको सेवा सुधार तथा पूर्वाधार विकासमा आवश्यक सहयोग र समन्वय गर्ने प्रतिबद्धता व्यक्त गरे । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij