Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

झिंगेदाउ २ लाई दोस्रो दिन पनि दर्शकको उत्साहजनक साथ

झिंगेदाउ २ लाई दोस्रो दिन पनि दर्शकको उत्साहजनक साथ

  • 76
    SHARES
  • झिंगेदाउ २ लाई दोस्रो दिन पनि दर्शकको उत्साहजनक साथ

    काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको दोस्रो दिन शनिबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ । शनिबार राजधानीका विभिन्न हलमा चलचित्र हेर्न दर्शकको उल्लेख्य उपस्थिति देखिएको छ । हलमा दर्शकको चापसँगै चलचित्रप्रति उनीहरूको उत्साह पनि देखिन्थ्यो।

    प्रदर्शनको सुरुवाती दिनदेखि नै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउँदै आएको चलचित्रले दोस्रो दिन पनि दर्शक तान्न सफल भएको छ । हलमा चलचित्र हेरेर निस्किएका दर्शकले कथावस्तु, कलाकारको अभिनय तथा प्रस्तुतिको प्रशंसा गरेका छन् ।

    दर्शकको उत्साहजनक उपस्थितिले चलचित्रको निर्माण पक्ष पनि उत्साहित देखिएको छ । सुरुवाती दुई दिनको प्रतिक्रियाले आगामी दिनमा चलचित्रको प्रदर्शन थप बलियो हुने अपेक्षा निर्माण पक्षले गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij