Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सुरक्षा व्यवस्था कडा

ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सुरक्षा व्यवस्था कडा

  • 174
    SHARES
  • ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सुरक्षा व्यवस्था कडा

    एजेन्सी । नयाँ दिल्लीस्थित भारत मण्डपममा १८औँ ब्रिक्स शिखर सम्मेलनको दोस्रो दिन सुरक्षा व्यवस्था कडा पारिएको छ । आइतबार दिल्ली प्रहरीले सार्वजनिक सूचना जारी गर्दै भीआईपी आवागमनका कारण राष्ट्रिय राजधानीका विभिन्न क्षेत्रमा यातायात प्रभावित हुने जनाएको छ । प्रहरीले सर्वसाधारणलाई सार्वजनिक यातायात प्रयोग गर्न तथा तोकिएका वैकल्पिक मार्गहरू अपनाउन आग्रह गरेको छ ।

    विमानस्थल, रेल्वे स्टेसन तथा अन्तरराज्यीय बस टर्मिनल जाने यात्रुहरूलाई यात्राका लागि अतिरिक्त समय छुट्याउन पनि सुझाव दिइएको छ । साथै, गन्तव्य दिल्ली नभएका व्यावसायिक सवारीसाधनलाई सहर प्रवेशमा रोक लगाइएको छ । विमानस्थल जाने यात्रुहरूलाई मेट्रो प्रयोग गर्न विशेष आग्रह गरिएको छ, किनकि मेट्रो सेवा पूर्ण रूपमा सञ्चालनमा रहेको र कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

    शिखर सम्मेलनको अन्तिम दिन सदस्य तथा साझेदार देशहरूको खुला सत्रमा सहभागिता रहनेछ । प्रधानमन्त्री नरेन्द्र मोदीले सात देशका नेताहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ । प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिका, कजाखस्तान, फिलिपिन्स, इजिप्ट, बुरुन्डी, युगान्डा र नाइजेरियाका नेताहरूसँग भेट गर्ने कार्यक्रम तय भएको छ । सम्मेलनको अवसरमा प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसासँग पनि भेटवार्ता गर्नेछन् । यसअघि शनिबार नेताहरूले सर्वसम्मत रूपमा ‘नयाँ दिल्ली घोषणा-पत्र २०२६’ पारित गरेका थिए ।

    ‘लचकता, नवप्रवर्तन, सहकार्य र दिगोपन : समावेशी विश्वव्यापी विकासको भविष्य निर्माण’ मुलधेयका साथ जारी सम्मेलनमा खुला सत्र नयाँ दिल्लीस्थित भारत मण्डपमको समिट हलमा आयोजना हुनेछ । खुला सत्र भारतको अध्यक्षतामा सेप्टेम्बर १२-१३ मा आयोजना भइरहेको दुई दिने ब्रिक्स शिखर सम्मेलनको एक महत्वपूर्ण हिस्सा हो । यस सत्रले ब्रिक्स सदस्य राष्ट्रका नेताहरूलाई साझा चासोका विषयमा छलफल गर्ने तथा सदस्य राष्ट्रहरूबीचको सहकार्यलाई थप मजबुत बनाउने उपायहरूबारे विचार आदानप्रदान गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । साथै, समावेशी विश्वव्यापी आर्थिक विकासलाई अघि बढाउने विषयमा पनि छलफल हुनेछ । एएनआइ

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij