Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

कक्षा १२ को परीक्षा सर्ने पक्का, निर्णय लिन बस्यो बोर्डको बैठक

कक्षा १२ को परीक्षा सर्ने पक्का, निर्णय लिन बस्यो बोर्डको बैठक

  • 128
    SHARES
  • कक्षा १२ को परीक्षा सर्ने पक्का, निर्णय लिन बस्यो बोर्डको बैठक

    काठमाडौं । आगामी ११ गतेबाट हुने भनिएको कक्षा १२ को परीक्षा सर्ने लगभग पक्का जस्तै भएको छ । विभिन्न मागसहित देशभरका शिक्षकहरू सडक आन्दोलनमा रहेको र उनीहरूले परीक्षामा सहभागीता नजनाउने बताउँदै आएका छन् ।

    शिक्षकहरूले नै कक्षा १२ को परीक्षा बहिस्कार गरिरहेका बेला सोमबार शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिएपछि परीक्षा सर्ने पक्कापक्की भएको हो ।

    परीक्षाबारे आवश्यक निर्णय लिन अहिले राष्ट्रिय परीक्षा बोर्डमा बैठक बसिरहेको छ ।  परीक्षाको व्यवस्थापन सञ्चालन गर्ने शिक्षकहरू सडक आन्दोलनमा भएकाले परीक्षाबारे निर्णय लिन बैठक बोलाइएको हो ।

    शिक्षा ऐन जारी गर्न माग गर्दै आन्दोलित भएको शिक्षक महासंघले १२ को परीक्षामा सहभागी नहुने  निर्णय गरेको छ ।

  • सम्बन्धित विषय:

  • # परीक्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij