Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

६ कैदीबन्दीले दिए १२ कक्षाको परीक्षा

६ कैदीबन्दीले दिए १२ कक्षाको परीक्षा

  • 141
    SHARES
  • ६ कैदीबन्दीले दिए १२ कक्षाको परीक्षा

    वीरगञ्ज । पर्साको बालसुधारगृहमा रहेका तीन जनासहित छ जना कैदीबन्दीले कक्षा १२ को परीक्षा दिएका छन् ।

    शुक्रबारदेखि सुरु भएको कक्षा १२ को अङ्ग्रेजी विषयको परीक्षामा बालसुधारगृह पर्सामा रहेका तीन जना र कारागार कार्यालय पर्सामा रहेका तीन जना कैदीबन्दीले पनि परीक्षामा सहभागिता जनाए ।

    बालसुधारगृह पर्साका प्रमुख टीकाकृष्ण काफ्लेले त्रिजुद्ध माध्यमिक विद्यालय अन्तर्गत रही तीन जना बालसुधार गृहमा रहेका विद्यार्थीले परीक्षा दिएको बताए ।

    ‘त्रिजुद्ध विद्यालयबाट एक जना परीक्षा लिनका लागि प्रतिनिधि आउनु भएको थियो । उहाँकै निरीक्षणमा बालसुधारगृहबाट तीन जना सुधारगृहमा रहेका बालकहरुले परीक्षा दिएका छन्’, उनले भने, ‘बालसुधारगृहमा रहेर अध्ययन गर्न चाहनेका लागि सहज वातावरण उपलब्ध गराउँदै आइरहेका छौँ ।’

    परीक्षा दिने तीन विद्यार्थीमध्ये दुई जना जर्बरजस्ती करणी अभियोग पुष्टि भएर बालसुधार गृहमा आएका हुन भने एकजना भने सवारीज्यान मुद्दामा आएका हुन् । बालसुधार गृहमा ११९ जना बालक छन् ।

    गत चैतमा भएको एसइई परीक्षा यहाँका चार जना विद्यार्थी सहभागी थिए । कारागार कार्यालय पर्साबाट पनि यसपालीका कक्षा १२ को परीक्षामा तीन जना कैदीबन्दीले परीक्षा दिएका छन् ।

    उनीहरुले पनि त्रिजुद्ध माध्यमिक विद्यालय अन्तर्गत कारागार परिसरबाटै परीक्षा दिएका हुन् । तीनै जना कैदीबन्दी पुरुष छन् ।

  • सम्बन्धित विषय:

  • # परीक्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij