Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बन्दीपुरमा मनाइयो  खड्गजात्रा

बन्दीपुरमा मनाइयो  खड्गजात्रा

  • 289
    SHARES
  • बन्दीपुरमा मनाइयो  खड्गजात्रा

    तनहुँ । तनहुँको बन्दीपुरमा ऐतिहासिक खड्गजात्रा मनाइएको छ । बडादसैँको सातौँ दिन फूलपातीको अवसरमा आज खड्गजात्रा मनाइएको हो ।

    हरेक वर्ष फूलपातीको दिन बन्दीपुर गाउँपालिका-४ स्थित खड्गदेवी मन्दिरमा यो जात्रा मनाउने प्रचलन छ ।

    बन्दीपुरमा तीन सय वर्ष पहिलादेखि फूलपातीको अवसरमा खड्गजात्रा मनाउने प्रचलन रहेको बन्दीपुर नेवाः पुचका अध्यक्ष किसान प्रधानले राससलाई जानकारी दिए ।

    उनले भने, ‘फूलपातीको दिन बन्दीपुरको खड्गदेवी मन्दिरमा राजा मुकुन्द सेनको खड्ग प्रदर्शन गरेर बजार परिक्रमा गराउने प्रचलन छ ।’

    बन्दीपुरमा नेवार, मगर, ब्राह्मण र दलित समुदायको बसोबास छ । खड्गदेवी मन्दिरमा हुने पूजाआजा र जात्रामा पनि नेवार, मगर, ब्राह्मण र दलित समुदायको सहभागिता हुेन गरेको छ ।

    यो मन्दिरमा फूलपातीका दिन खड्ग जात्रामा प्रयोग गरिने देवीको गहना वि‍.सं १८७६ मा मास्टर दुवाचाब्रह्मा उपाध्यायले चढाएको गहनामा उल्लेख छ ।

    खड्गदेवी मन्दिर बन्दीपुरको ऐतिहासिक एवं पुरातात्विक महत्वको सम्पदा हो । सबैको साझा सांस्कृतिक सम्पदाकाको रूपमा यो मन्दिर यहाँका जातजातिको एकताको प्रतीकका रूपमा हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij