टोकियो । जापानी अर्बपति युसाकु मेजावाले एलन मस्कको स्पेसएक्सको उडानबाट चन्द्रमाको भ्रमणका लागि आठ जना व्यक्ति लैजाने बताएका छन् । ‘म सबैप्रकारका पृष्ठभूमिका व्यक्तिहरु सामेल हुन भन्ने चाहन्छु’ उनले ट्विटरमार्फत एउटा भिडियो सार्वजनिक गर्दै आवेदनका लागि लिंक पनि दिएका छन् । चन्द्रमासम्म पुगेर फर्किने सबै खर्च युसाकुले नै ब्यहोर्ने बताएका छन् । यो मिसन सन् २०२३ मा हुनेछ ।
Watch this video to learn more about the selection process. It also contains a special message from @elonmusk #dearMoon
— Yusaku Maezawa (MZ) (@yousuckMZ) March 2, 2021
↓Check the full versionhttps://t.co/i3ucR6BB44 pic.twitter.com/B3d8g0JvvP
आवेदन दिनेहरु जुनकुनै गतिविधिमा सक्रिय भएको भए पनि हुने तर मानिसहरुलाई सहयोग गर्न इच्छुक व्यक्ति हुनुपर्ने छ । यासुकुका अनुसार उनले सबै सिटहरु आफ्नै खरिद गरिसकेका छन्, यो पूर्णरुपमा निजी यात्रा हुनेछ । फेसन मुगल तथा आर्ट कलेक्टर मेजावाले सुरुमा कलाकारहरुलाई चन्द्रमामा लैजाने योजना बनाएका थिए । गत वर्ष उनले चन्द्रमामा जानका लागि नयाँ प्रेमिका खोजिरहेको बताएका थिए । उनले अन्तरिक्ष यात्राका लागि कति रकम बुझाएका छन्, त्यो खुलाइएको छैन ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij