वेबटिभी खबर
काठमाडाैं । अमेरिकी अर्बपति तथा लेखिका म्याकेन्जी स्कटले २ अर्ब ७ करोड अमेरिकी डलर दान गर्ने घोषणा गरेकी छिन् ।
अमेजनका सिइओ जेफ बेजोसकी पूर्वपत्नी म्याकेन्जीले एक ब्लग पोस्टमा जातीय समानता, कला र शिक्षाका लागि काम गर्ने २८६ संगठनलाई उक्त रकम दिने बताएकी हुन् ।
म्याकेन्जी विश्वकै धनी महिला हुन् । उनले सन् २०१९ मा विश्वकै धनाढ्य बेजोससँग सम्बन्धविच्छेद गरकी थिइन् । सन् १९९४ देखि बेजोसको व्यवसायमा सहयोग पुर्याएको भन्दै उनलाई अमेजनको ४ प्रतिशत सेयर दिइएको छ ।
त्यस बेलादेखि लेखकले आफ्नो परोपकारी दानका बारेमा पोस्ट गर्दै आएकी छ्, जस्तै डिसेम्बरमा उनले महिलाको नेतृत्वमा रहेको संस्था, फुड बैंक र अन्य संगठनहरुलाई ४ अर्ब डलरभन्दा बढी सहयोग गरिसकेकी छन् ।
फाेब्सका अनुसार यति धेरै रकम सहयाेग गरे पनि उनि अझै विश्वकाे २२ औं धनाढ्यमा पर्छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij