Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

यी हुन् मिर्गौला खराब हुँदा देखिने प्रारम्भिक संकेत

यी हुन् मिर्गौला खराब हुँदा देखिने प्रारम्भिक संकेत

  • 345
    SHARES
  • यी हुन् मिर्गौला खराब हुँदा देखिने प्रारम्भिक संकेत

    काठमाडौं । मिर्गौला हाम्रो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग मध्ये एक हो । यसले पिसाबको माध्यमबाट शरीरका विषाक्त पदार्थ बाहिर निकाल्ने काम गर्छ ।

    जब मिर्गौलाले राम्रोसँग काम गर्दैन, यी विषाक्त पदार्थ वा फोहोर उत्पादनहरू शरीरबाट बाहिर निकाल्न सकिँदैन । जसले गर्दा अन्य रोगहरूको जोखिम बढाउँछ। शरीरलाई स्वस्थ राख्नको लागि मिर्गौला स्वस्थ हुनु अति आवश्यक हुन्छ ।

    तर आजकल गलत खानपान र खराब जीवनशैलीका कारण मानिसमा मिर्गौला सम्बन्धी समस्या धेरै बढेको पाइन्छ ।

    मिर्गौलामा गडबडी हुँदा शरीरमा धेरै संकेत र लक्षणहरू देखा पर्छन् । तर जानकारीको कमीको कारण, मानिसहरू अक्सर तिनीहरूलाई चिन्न सक्दैनन् ।

    समयमै उपचार नहुँदा मिर्गौला बिग्रने खतरा पनि बढ्छ । मिर्गौैला खराब हुँदा शरीरमा केही प्रारम्भिक लक्षण देखिन्छन् ।

    यी लक्षणहरू पहिचान गर्न र समयमै उपचार गर्नाले निको हुनसक्छ। आउनुहोस्, मिर्गौैला बिग्रनुका लक्षणहरू के-के हुन्छन् भन्नेबारे जानी राखौं ।

    भोकमा कमी

    शरीरमा विषाक्त पदार्थहरू जम्मा हुँदा भोक कम हुन्छ। यस्तो अवस्थामा व्यक्तिले सधैँ पेट भरिएको महसुस गर्छ र केही खान मन लाग्दैन । साथै, वाकवाकी र बान्ताको समस्या हुन सक्छ। जसका कारण तौल घट्न थाल्छ ।

    यदि भोक कम हुँदै गयो भने मिर्गौलामा समस्या आएको प्रारम्भिक लक्षण हुनसक्छ । यस्तो समस्या देखिएमा समयमै परीक्षण गरेर उपचारतर्फ लाग्नु पर्छ । 

    छिटाे-छिटाे पिसाब लाग्नु

    यदि बारम्बार पिसाब लागिरह्यो भने त्यो पनि मिर्गौलामा समस्या आएको संकेत हुनसक्छ । मिर्गौलामा खराबी आएपछि बारम्बार पिसाब गर्न मन लाग्ने हुन्छ ।

    यसबाहेक पिसाबमा रगत आउनु वा पिसाब गर्दा जलन हुनु पनि मिर्गौलामा खराबी सुरु भएको प्रारम्भिक लक्षण हुनसक्छ । यस्तो समस्या देखिएमा पनि चिकित्सकको परामर्श र समयमै परीक्षण गराउनुपर्छ ।

    शरीर सुन्निने

    मिर्गौैलाले शरीरबाट विषाक्त पदार्थ र अतिरिक्त सोडियम फिल्टर गर्न मद्दत गर्छ । मिर्गौलाले राम्रोसँग काम गर्न नसक्दा शरीरमा सोडियम जम्मा हुन्छ ।

    यसले पिँडुला, खुट्टा र हातहरू सुन्निन सक्छ। त्यसैगरी अनुहार वा आँखा वरिपरि पनि सुन्निन थाल्छ ।

    कमजोरी र थकान

    यदि तपाई सधैँ कमजोर र थकित महसुस गर्नुहुन्छ भने, यो पनि मिर्गौैला खराब भएको प्रारम्भिक संकेत हुनसक्छ । मिर्गौलामा हानिकारक पदार्थ जम्मा हुँदै जाँदा यस्तो हुनसक्छ ।

    चिलाउने र छालाको सुक्खापन

    छाला चिलाउने र सुक्खापन पनि मिर्गौलामा खराबी आएको लक्षण हुनसक्छ । मिर्गौलाले राम्ररी काम नगर्दा रगतमा विषाक्त पदार्थ जम्मा हुने र त्यसले चिलाउने र छाला सुख्खा हुने समस्या पैदा गर्छ ।

    यस्ता लक्षण देखिएमा पनि चिकित्सकलाई जँचाउनु उचित हुन्छ । एजेन्सीको सहयोगमा

  • सम्बन्धित विषय:

  • # मिर्गौला

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij