Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती

बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती

  • 295
    SHARES
  • बाँकेमा मिर्गौलाका बिरामीलाई सास्ती

    बाँके । समयमा उपचार नपाउँदा मिर्गौलाका बिरामीले सास्ती व्यहोर्नु परेको छ । शिक्षण अस्पताल कोहलपुर र भेरी अस्पताल नेपालगञ्जमा मिर्गौलाका बिरामी डायलासिसका लागि पालो कुरेर बसे पनि सेवा पाउन सकेका छैनन् ।

    भेरी अस्पताल, नेपालगञ्जमा मिर्गौलाका बिरामीले चार महिनादेखि डायलासिसका लागि पालो कुरेर बस्दा पनि उनीहरूको पालो आएको छैनन् ।

    भेरी अस्पतालमा अहिले ३६ बिरामीले नियमितरूपमा डायलासिस गराइरहेको हेमोडायलासिस युनिटका प्रमुख डा.पारस श्रेष्ठले जानकारी दिए । उनका अनुसार भदौदेखि ८५ बिरामीले पालो कुरिरहेका छन् ।

    उनीहरूले पालो पाएका छैनन् । भेरीमा चार वटा डायलासिस मेसिन छन् । तीमध्ये एउटा आपत्कालीन अवस्थामा र अरु तीन वटा नियमितरूपमा बिरामीका लागि  प्रयोग गरिँदै आएको छ ।

    गत भदौदेखि शिक्षण अस्पताल कोहलपुरभित्र ठेकेदार कम्पनीले चलाएको डायलासिस मेसिन बिग्रिएपछि भेरी अस्पतालमा बिरामीको चाप बढेको श्रेष्ठले बताए । अहिले शिक्षण अस्पताल कोहलपुरमा डायलासिस सेवा ठप्प छ ।

    कोहलपुरमा मेसिन बिग्रिएपछि धेरै बिरामी भेरीमा आउँदा चाप बढेको डा.श्रेष्ठको भनाइ छ । कोहलपुरमा डायलासिस सेवा नभएपछि अप्ठेरो अवस्थामा पुगेकाहरू निजी तथा भेरीको आपत्कालीन कक्षमा आएर सेवा लिन थालेका छन् ।

    नियमित डायलासिस सेवा लिनेहरू भेरीमा लाइनमा बस्ने गरेका छन् । भेरीको तीनवटा मेसिनले पहिलेदेखि नै पालोअनुसार सेवा दिइरहेको छ । भदौदेखि यता नयाँ बिरामीको पालो आएको छैन् ।

    भेरी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रमोद धितालले मिर्गौलाका बिरामीको अवस्थालाई मध्यनजर गरेर पाँचवटा डायलासिस मेसिन थप गर्ने तयारी भएको बताए ।

    आठवटा मेसिन सञ्चालन भएपछि पाँचवटा मेसिनबाट सामान्य, दुईवटाबाट संक्रमित र एउटा मेसिनबाट आपत्कालीन बिरामीलाई सेवा दिने योजना रहेको उनको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij