वेबटिभी खबर
काठमाडौं । कक्षा १२ को परीक्षा आगामी जेठ महिनामा सञ्चालन गरिने भएको छ । राष्ट्रिय परीक्षा बाेर्डले जेठमा परीक्षा सञ्चालन गर्ने जनाएको हो ।
बिहीबार बोर्डका अध्यक्ष महाश्रम शर्माले केही दिनमा परीक्षा तालिका सार्वजनिक गर्ने बताए । कक्षा ११ को परीक्षासम्बन्धी भने कुनै निर्णय नभएको उनको भनाइ छ ।
त्यसैगरी एसईई परीक्षा पनि बोर्डको समन्वयमा प्रदेश सरकारले सञ्चालन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगिएको पनि शर्माले जानकारी दिए ।
एसईई परीक्षा वैशाख ९ देखि २० गतेसम्म गर्ने तालिका प्रकाशित भइसकेकाे छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij