वेबटिभी खबर
काठमाडाैं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले फागुन २२ गतेदेखि उपप्राध्यापक पदको परीक्षा लिने भएको छ ।
सेवा आयोग कार्यालयले आइतबार तालिका सार्वजनिक गर्दै २२ फागुनदेखि परीक्षा गर्ने जनाएको हो ।
परीक्षाका लागि चाहिने प्रवेशपत्र १० फागुनदेखि आयोगको वेबसाइटबाट प्रिन्ट गर्न सकिने त्रिवि सेवा आयोगले जनाएको छ ।
यसअघि १५ भदौमै सञ्चालन हुने भनिएको लिखित परीक्षा विभिन्न विवादका कारण स्थगित भएको थियो ।
१८ साउनमा सूचना निकाल्दै कार्यालयले उक्त परीक्षा स्थगित भएको बताएको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij