Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

एक हप्ताभित्रै एप्पलले आइफोन १८ सार्वजनिक गर्ने

एक हप्ताभित्रै एप्पलले आइफोन १८ सार्वजनिक गर्ने

  • 143
    SHARES
  • एक हप्ताभित्रै एप्पलले आइफोन १८ सार्वजनिक गर्ने

    काठमाडौंएप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने घोषणा गरेको छ । कार्यक्रममा पहिलो पटक फोल्डेबल ‘आइफोन अल्ट्रा’ समेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ ।

    एप्पल पार्कको स्टिभ जब्स थिएटरमा हुने कार्यक्रम नेपाली समयअनुसार राति करिब १०ः४५ बजे सुरु हुनेछ र युट्युब, एप्पलको वेबसाइट तथा एप्पल टिभीमार्फत् प्रत्यक्ष प्रसारण गरिनेछ ।

    रिपोर्टहरूका अनुसार कार्यक्रममा आइफोन १८ प्रो र आइफोन १८ प्रो म्याक्स मुख्य आकर्षण रहनेछन् । यी मोडलमा नयाँ ए २० प्रो चिप, क्यामेरामा सुधार र केही डिजाइन परिवर्तन समावेश हुने अपेक्षा गरिएको छ । साथै, पुस्तकजस्तै मोडिने फोल्डेबल आइफोन अल्ट्रा एप्पलको स्मार्टफोन इतिहासकै ठूलो डिजाइन परिवर्तन हुन सक्ने विश्लेषण गरिएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij