वाशिंटन । अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार जापान, भारत तथा अष्ट्रेलियाका प्रधानमन्त्रीसँग अनलाइन बैठक गर्ने भएका छन् । बैठकबारे मंगलबार ह्वाइट हाउसले जानकारी दिएको हो । यी चार देशको शीर्ष स्तरिय बैठक चीनको बढ्दो सैन्य र आर्थिक शक्ति सन्तुलित गर्ने प्रयासको हिस्सा मानिएको छ ।
ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले ‘क्वाड समूह’ को बैठकमा बाइडेनले अमेरिकी सहयोगी तथा इन्डो–प्यासेफिक क्षेत्रका साझेदारलाई महत्व दिएका छन् । यस बैठकमा विश्वव्यापी कोरोना महामारीको संकट, आर्थिक सहयोग तथा जलवायु परिवर्तनपछि आएको संकटका बारेमा चर्चा हुनेछ ।
रोयटर्ससँगको कुराकानीमा एक वरिष्ठ अधिकारीले बैठकको मुख्य उद्देश्य क्वाडको इन्डो–प्यासेफिकमा नियमित कूटनीतिका लागि एक नयाँ फिचरको रुपमा प्रस्तुत गर्नु रहेको बताएका छन् ।
यो बैठक दुई घण्टासम्म चल्न सक्ने बताइएको छ ।
भारत, अष्ट्रेलिया र जापानलाई चीनले वर्तमान समयमा प्रत्यक्ष चुनौति दिएको छ । बैठकको उद्देश्य क्षेत्रमा भविष्यका लागि एक अलग भिजनमा काम गर्नु रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij