वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सोमबार बस्ने स्थायी र केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पार्टीका दोस्रो तहका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा उनीहरुको छलफल जारी छ ।
भोलिको बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्षको सहभागिता, पार्टीको विधान संशोधन, सदस्यता नवीकरणका विषयमा छलफल गरेर एजेन्डा तय गर्ने बताइएको छ । एमालेको आज बस्ने बैठक नेपालको आग्रहमा भोलिलाई सारिएको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij