वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ७०१ व्यक्तिमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ४७१, ललितपुरमा १४७ र भक्तपुरमा ८३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज देशभर १,८८५ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २५ व्यक्तिको निधन भएको छ ।
हालसम्म नेपालमा ७,७७,५८९ नागरिकमा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । जसमध्ये ६,६५,५४८ जना संक्रमणमुक्त भएका छन् भने १००१९ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij