Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

विश्व इतिहासमा आजः यसरी ध्वस्त भएको थियो जापानकाे हिरोसिमा

विश्व इतिहासमा आजः यसरी ध्वस्त भएको थियो जापानकाे हिरोसिमा

  • 1.1K
    SHARES
  • विश्व इतिहासमा आजः यसरी ध्वस्त भएको थियो जापानकाे हिरोसिमा

    आज ६ अगस्ट । दोस्रो विश्वयुद्धका बेला सन् १९४५ को ६ अगस्ट डर लाग्दो थियो ।  बिहानको ८ बजेकाे थियो । जापानी नागरिक आ-आफ्नो काममा व्यस्त थिए ।

    सोही समयमा हिरोसिमा सहरको आकाशमा अमेरिकी विमानको आवाज सुनिएको थियो । त्यहाँ आएको अमेरिकी एउटा विमानमा ३.५ मिटर लामो, ४ टन तौल भएको परमाणु बम तयारी अवस्थामा थियो । त्यस बमको नाम थियो ‘लिटिल ब्वाई’ ।

    उक्त बम ‘इसे एनोला गे’ नामक विमानमा लोड गरिएको थियो । यस विमानलाई पाइलट पल टिबेट्स उडाइरहेका थिए । उक्त बमलाई  हिरोसिमाको एओई ब्रिजमा फालिने लक्ष्य थियो ।

    बिहान ८:१५ मा विमानबाट बम फालियो । बम फालिएको ४३ सेकेन्डपछि लक्ष्यको केही दूरीमा रहेको सीमाक्लिनिकमाथि विस्फोट भयो ।

    बम विष्फोट हुँदाको तापक्रम १० लाख डिग्री सेल्सियसभन्दा बढी थियो । विस्फोटको चपेटामा जे आए, जे थिए ती सबै खरानी भए । उक्त घटनाको केही सेकेन्डमै ८० हजार नागरिकको ज्यान गएको थियो । यससँगै ३ लाखभन्दा बढी जनसंख्या भएको जापानको सातौं ठूलो सहर  हिरोसिमा नष्ट भएको थियो । 

    यही सहरमा सेकेन्ड आर्मी र चुगोकू रीजनल आर्मीको हेडक्वार्टर पनि थियो । सैन्य इलाका भएकाले यो सहर अमेरिकाको निशानामा पर्यो ।  जापान उक्त घटनाबाट सम्हालिन नपाउँदै ९ अगस्टमा नागासाकीमा दोस्रो परमाणु बम फालियो ।

    तीन दिनभित्र भएका दुईवटा परमाणु हमलामा जापान पूर्णरूपमा क्षतविक्षप्त भयो । उक्त घटनामा कतिले ज्यान गुमाए भन्ने तथ्यांक अहिलेसम्म पत्ता लागेकाे छैन ।

    तर उक्त घटनामा  हिरोसिमामा १ एक लाख ४० हजार र नागासाकीमा करिब ७० हजार नागरिकले ज्यान गुमाएको अनुमान गरिएको छ । यसबाहेक हजारौं मानिसहरू घाइते भएका थिए भने धेरै व्यक्तिलाई त्यसको असरले क्यान्सर भएको थियो । 

    दोस्रो विश्वयुद्धमा जर्मनले आत्मसमर्पण गरेको थियो । जापान मात्र एक यस्तो देश थियो, जसले एकलै अन्य देशलाई टक्कर दिइरहेको थियो । जसलाई १९४५ मा अमेरिकी राष्ट्रपति हैरी ट्रुमैन ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिल र सोवियत संघका नेता जोसेफ स्टालिन जर्मनीको शहर पोटुड्ममा भेटेका थिए ।

    त्यहीँ ट्रुमैन र चर्चिलबिच सहमति भएको थियो । जसमा जापानले तत्काल बिना कुनै शर्त समपर्ण नगरे ऊविरुद्ध ‘कडा कदम’ उठाउने सहमति भएको थियो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij