वेबटिभी खबर
काठमाडौं । दार्चुलाको महाकाली नदीमा जयसिंह धामी वेपत्ता भएको घटनामा भारतीय सुरक्षा बलले अमानवीय हर्कत गरेको ठहर गर्दै विद्यार्थीहरु आन्दोलित भएका छन् । नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
नेपाली नागरिकमाथि भारतीय ज्यादती बढेको भन्दै सोमबार सो संगठनले उक्त घटनाको भत्र्सना गर्दै दूतावासअगाडि प्रदर्शन गरेको हो । संगठनले महाकाली नदीमा वेपत्ता भएको विषयमा तत्काल छानविन गरी दोषीलाई हदैसमको कारबाहीको माग गरेको छ ।
शनिबार दिउँसो धामी भारत जाने क्रममा चढेको तुइनको तार भारतीय सीमा सुरक्षा बलका जवानहरूले काटिदिएपछि उनी नदीमा खसेर वेपत्ता भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij