Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु

भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु

  • 151
    SHARES
  • भारतमा छठ पर्वका अवसरमा नुहाउने क्रममा डुबेर १३३ जनाको मृत्यु

    एजेन्सी । भारतको पूर्वी राज्य बिहार र झारखण्डमा छठ पूजाको अवसरमा नुहाउन नदी तथा तलाउमा डुबुल्की मार्ने क्रममा कम्तीमा १३३ व्यक्तिको डुबेर मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

    बिहारमा डुबेर १०८ जनाको मृत्यु भएको छ भने १० जना बेपत्ता भएका छन् । छिमेकी मुलुक झारखण्डमा यसरी मृत्यु हुनेको सङ्ख्या २५ पुगेको छ ।

    छठपर्व मनाउने क्रममा यी प्रदेशका विभिन्न जिल्लाका नदीनाला र अन्य जलाशयमा डुबेर मृत्यु भएको हो । स्थानीय प्रशासनले बेपत्ताको खोजीका लागि विपद् व्यवस्थापन बलको टोलीहरू परिचालन गरेको जनाएका छन् ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार गोताखोर र प्रहरीको टोली खोजी तथा उद्धारमा संलग्न रहेको छ । अधिकारीहरूले भक्तजनहरूलाई नदी किनारमा सतर्क रहन र धार्मिक स्नानको समयमा गहिरो पानीमा नजान आग्रह गरेका थिए ।

    छठ पूजाको उत्सवको क्रममा सयौँ हिन्दू भक्तजनहरू नदी र पोखरीको पानीमा घुँडा टेकेर उभिने र डुबुल्की मार्ने गर्छन् । 

  • सम्बन्धित विषय:

  • # भारत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij