Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सर्लाहीका एक पुरुष महोत्तरीको गौशालामा मृत फेला

सर्लाहीका एक पुरुष महोत्तरीको गौशालामा मृत फेला

  • 111
    SHARES
  • सर्लाहीका एक पुरुष महोत्तरीको गौशालामा मृत फेला

    सर्लाही । महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजार क्षेत्रमा सर्लाहीका एक पुरुष मृत अवस्थामा फेला परेका छन् ।

    मृतक सर्लाहीको हरिपूर्वा नगरपालिका–९ बसन्तपुरका करिब ३० वर्षीय रामानन्द बैठा भएको प्रहरीले जनाएको छ । स्थानीयले बजार क्षेत्रमा बेहोस अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

    प्रहरीका अनुसार बैठाले लामो समयदेखि मादक पदार्थ सेवन गर्ने गरेको र स्वास्थ्यसम्बन्धी समस्या पनि रहेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको छ । तथापि, उनको मृत्युको कारण पोष्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डीएसपी शैलेन्द्र कुमार भट्टका अनुसार मृतकका आफन्तलाई सूचना दिइसकिएको छ र आवश्यक कानूनी प्रक्रिया अघि बढाइएको छ ।

  • सम्बन्धित विषय:

  • # सर्लाही

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij