Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस

प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस

  • 116
    SHARES
  • प्रहरीका चार डिआइजी एआईजीमा बढुवा सिफारिस

    काठमाडौं । नेपाल प्रहरीका चार प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा सिफारिस गरिएको छ ।

    गृह मन्त्रालय बढुवा समिति, सचिवालयको आज बसेको बैठकले जनपद प्रहरी समूहतर्फका डिआइजी सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विकलाई एआइजीमा बढुवा सिफारिस गरेको हो ।

    बढुवा समितिले प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार चार डिआइजीलाई एआइजीमा बढुवा गरिएको बढुवा समितिका सदस्यसचिव एवम् प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # प्रहरी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij