Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

फरार आठजना कैदी पर्सामा पक्राउ

फरार आठजना कैदी पर्सामा पक्राउ

  • 88
    SHARES
  • फरार आठजना कैदी पर्सामा पक्राउ

    वीरगन्ज । जेलबाट फरार भएका आठ जना कैदीबन्दीलाई प्रहरीले पर्सा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गर्न सफल भएको छ ।

    युवा पुस्ताको आन्दोलनका क्रममा मुलुकका विभिन्न कारागारबाट फरार भएकामध्ये आठ जना कैदीलाई पर्सा प्रहरीले सिमाक्षेत्रबाट नियन्त्रणमा लिएको हो ।

    मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका दुई जना, काठमाडौंको नखु कारागारबाट दुई जना, केन्द्रीय कारागारबाट दुई जनालगायत अन्य कारागारबाट फरार भएका आठ जना कैदीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्राले जानकारी दिए ।

    उनका अनुसार खुला सीमाको फाइदा उठाउँदै भारततर्फ भाग्ने क्रममा उनीहरूलाई सिमाक्षेत्रबाट पक्राउ गरिएको हो ।

    पक्राउ परेका कैदीहरू हत्या लगायतका जघन्य अपराधमा अदालतले दोषी ठहर गरेका अपराधी भएको एसपी मिश्राले जानकारी दिए । पक्राउ परेकामध्ये एक जना बंगलादेशी र सातजना भारतीय नागरिक रहेको पनि उनले बताए ।

    त्यसैगरी वीरगन्जको विर्तास्थित बाल सुधार गृहबाट फरार भएका १४६ जनामध्ये ८० जनालाई जिल्लाका विभिन्न स्थानबाट नियन्त्रणमा लिइसकिएको र बाँकीको खोजी कार्य जारी रहेको एसपी मिश्राले जानकारी दिए ।

    पक्राउ गरिएका फरार कैदीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ भने बाल सुधार गृहबाट भागेका कैदीलाई पुनः सुधार गृहमा पठाइएको छ ।

    युवा पुस्ताको आन्दोलनका क्रममा देशभरका विभिन्न कारागारबाट कुल १४ हजार ५०७ जना कैदी फरार भएका थिए । तीमध्ये हालसम्म १ हजार ४५५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने अझै १२ हजार ८५२ जना फरार रहेको प्रहरीको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij