Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

चक्कु प्रहार गरि युवकको हत्या, एकजना पक्राउ

चक्कु प्रहार गरि युवकको हत्या, एकजना पक्राउ

  • 97
    SHARES
  • चक्कु प्रहार गरि युवकको हत्या, एकजना पक्राउ

    रौतहट । रौतहटको गौरमा चक्कु प्रहार गरि एक युवकको हत्या गरिएको छ । गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै १८ वर्षीय युवकको चक्कु प्रहार गरि हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।

    बरहवा ताल पारी झुलुंगे पुल नजिकै बुधवार दिउसो ३ः १५ बजेको समयमा चक्कु प्रहार गरी हत्या गरिएको अवस्थमा घटनास्थालमा शव  फेला परेको प्रहरीले जानकारी दिएको छ ।

    हत्या भएको युवक गौर नगरपालिका वडा नंं. ५ गौरी शंकर यादव क्याम्पस नजिकै बुधबार दिउसो चक्कु हानहान हुँदा १८ वर्षीय युवकको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । चक्कु प्रहार यमुनामाई गाउँपालिका ५ का  सहाबुद्दिन मिया रहेको बुझिएको छ ।

    उनका काका अब्दुल ओहिदले पहिचान गरेका हुन् । यस घटनाका बारेमा आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

    घटनास्थलबाट हत्यामा प्रयोग भएका चक्कु बरामद भएको समेत उनले जानकारी दिए । प्रहरी टोलि तत्काल घटनास्थलमा पुगेकाले उक्त घटनामा संग्लन एक जनालाई पक्राउ गरिएको उनले बताए  ।

    गौर नगरपालिका–३ बस्ने २० वर्षीय सनोज रामलाई प्रहरीले पक्राउ गरेको हो । बरहवा ताल पारी गएर लागु औषध गाँजा सेवन गरेपछि  दुबै जना बिच चक्कु हानाहान भएको बुझिएको छ ।  चक्कु प्रहार गर्नेको पनि हात काटिएको छ ।

    पक्राउ परेका रामलाई   हिरासतमा राखेर आवश्यक अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij