Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

करिब ३ किलो गाँजासहित एकजना पक्राउ

करिब ३ किलो गाँजासहित एकजना पक्राउ

  • 138
    SHARES
  • करिब ३ किलो गाँजासहित एकजना पक्राउ

    रौतहट । रौतहट प्रहरीले ३ किलोभन्दा बढी लागु औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुर र प्रहरी चौकि रंगपुरको संयुक्त टोलीले गाँजा सहित पक्राउ गरेको हो ।

    पक्राउ पर्नेमा गुजरा नगरपालिका वडा–२ टोल बस्ने बर्ष ५५ को गोपाल बहादुर थिङ रहेको इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरका प्रहरी निरीक्षक रुपेश कुमार झाले बताए ।

    उनका अनुसार लागु औषध गाँजा खरिद बिक्री बितरण गरी रहेको भन्ने बिषेश सुचनाका आधारमा प्रहरी टोलि  थिङको घरमा पुगेको हो ।

    घरको विभिन्न कोठाहरुमा लुकाईछिपाई राखेको ३ किलो ५० ग्राम लागु औषध गाँजा बरामद गरिएको उनले जानकारी दिए ।

    प्रहरी टोलि नेपाली रु। ७८ हजार ३५ र भा।रु। ६१० रकम फेला पारेको जनाएको छ । पक्राउ परेका  थिङलाई नियन्त्रणमा लिई थप अनुसन्धानको कार्य भै रहेको  इलाका प्रहरी कार्यलय चन्द्रनिगाहपुरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij