Logo

२०८३, आश्विन ३ गते शनिवार

२०८३, आश्विन ३ गते शनिवार

पाँच दिनदेखि हराएका दाजु–बहिनी खोलामा मृत भेटिए

पाँच दिनदेखि हराएका दाजु–बहिनी खोलामा मृत भेटिए

  • 321
    SHARES
  • पाँच दिनदेखि हराएका दाजु–बहिनी खोलामा मृत भेटिए

    विराटनगर । पाँचथर जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापुबाट पाँच दिनअघि हराएका नौं वर्षीय शिशिर राई र उनकी ६ वर्षीया बहिनी नानुमा राईको शव मंगलबार बिहानविरुवाखोलामामृत अवस्थामा फेला परेको जिल्लाप्रहरी कार्यालयले जानकारी दिएको छ ।

    शुक्रबार बिहान हजुरबुबा–हजुरआमा बस्ने घरतर्फ हिँडेका दाजु–बहिनी त्यसैदिनदेखि सम्पर्क विहीन रहेका थिए । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायव उपरिक्षक कौशलकुमार बुढाथोकीले दिएको जानकारी अनुसार अहिलेसम्मको अनुसन्धानमा खोलाले बगाएको प्रकृति देखिएको छ । यद्यपी थप अनुसन्धान भइरहेको उनले बताए ।

    बालबालिका हराएको खबर पाएपछि प्रहरी चौकीच्याङथापु, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीयवासी लगातार खोजीमा जुटेका थिए । चार दिनको खोजीपछि मंगलबार बिहान खोलाको किनारमा उनीहरूको शव भेटिएको हो । शव फेला परेपछि यतिवेला गाउँ नै शोकमा डुबेको छ ।शिशिर र नानुमा गाउँकै पूर्ण आधारभूत विद्यालयका विद्यार्थी थिए ।

  • सम्बन्धित विषय:

  • # मृत

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij