वेबटिभी खबर
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा यही साउन २५ गतेभित्र सार्वजनिक हुने भएको छ ।
आगामी शुक्रबारभित्र विद्यार्थीको नतिजा रुजु गरिसक्ने र त्यसको एक साताभित्रमा नतिजा प्रकाशन गर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
कार्यालयकाअनुसार बोर्डले अहिले सबै जिल्लाका विद्यार्थीहरुको नतिजा विवरण प्राप्त गरिसकेको छ । २०७७ सालको एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले रजिष्ट्रेशन फारम भरेका छन् ।
बोर्डले माध्यमिक शिक्षा (एसईई) कक्षा १० को विद्यार्थी मूल्यांङ्कन, नतिजा प्रकाशन तथा प्रमाणिकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिक तर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सो भन्दा बढी प्राप्तांङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनु पर्ने जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij