Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

भरुवा बन्दुकसहित दुईजना पक्राउ

भरुवा बन्दुकसहित दुईजना पक्राउ

  • 90
    SHARES
  • भरुवा बन्दुकसहित दुईजना पक्राउ

    सुदूरपश्चिम । कैलाली प्रहरीले गोदावरी नगरपालिका-८ स्याउले गाउँका दुई जनालाई आज दुई नाल भरुवा बन्दुकसहित पक्राउ गरेको छ ।

    इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा २६ वर्षीय राजु चौधरीको घरमा लुकाइछिपाइ राखिएको एक नाल भरुवा बन्दुक, चित्तलको सिङ र खुट्टाको आधा भाग र २३ वर्षीय चन्द्रबहादुर चौधरीको घरबाट एकनाल भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता लोकराज जोशीले जानकारी दिए ।

    साथै प्रहरीले गोदारी नगरपालिका-२ को एक होटेलबाट बझाङ जिल्ला छबिस पाथिभरा गाउँपालिका ३९ वर्षीय गगन बोहरालाई एक किलो लागुऔषध चरेससहित पक्राउ गरेको छ ।

    त्यसैगरी, गोदावरी नगरपालिका-१ बाट बैतडी, सूर्नया गाउँपालिकाका २८ वर्षीय चन्द्रसिंह ऐरी, २५ वर्षीय मोहन भट्ट र २५ वर्षकै महेश विकलाई हिँडिरहेको अवस्थामा शंका लागि जाँच गर्दा निजहरूको साथबाट चार सय ६९ ग्राम चरेससहित पक्राउ गरिएको छ ।

    लागुऔषध चरेस लुकाइछिपाइ राखेको भन्ने सूचनाका आधारमा प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले निजहरूलाई पक्राउ गरेको हो ।

  • सम्बन्धित विषय:

  • # पक्राउ

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij