Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

प्रधानमन्त्रीद्वारा माई  नगर अस्पतालको उद्घाटन

प्रधानमन्त्रीद्वारा माई  नगर अस्पतालको उद्घाटन

  • 118
    SHARES
  • प्रधानमन्त्रीद्वारा माई  नगर अस्पतालको उद्घाटन

    इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले इलामको माई  नगरपालिकाको शितलीमा १५ शैय्याको नगर असपताल आज उद्घाटन गरेका छन् ।

    सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरे । बृहत् खानेपानी आयोजनाको शिलान्यास गरे । सो पालिकाका एक सय ७६ अव्यवस्थित बसोबासीलाई जग्गा धनीपूर्जा वितरण गरिएको छ ।

    कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन तहको सरकारको समन्वयमा विकास निर्माणका काम भइरहको उल्लेख गर्दै देखिएका अरु समस्याको समाधानमा थप केन्द्रित हुनुपर्नेमा जोड दिए ।

    उनले मदन भण्डारी राजमार्ग यसै नगरपालिकाबाट जाने भएकोले आधुनिक तरिकाबाट व्यावसायिक उत्पादन र खेती तथा बजार विस्तारमा लाग्न स्थानीयबासीलाई आग्रह गरे ।

    प्रधानमन्त्री ओलीलाई नगरप्रमुख खम्बा सिंह लिम्बूले मागपत्र बुझाएका थिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij