Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

सुनवाइ समितिले गर्यो सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन

सुनवाइ समितिले गर्यो सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन

  • 159
    SHARES
  • सुनवाइ समितिले गर्यो सर्वोच्चका लागि प्रस्तावित न्यायाधीशहरूको नाम अनुमोदन

    काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ ।

    संसदीय सुनुवाइ समितिले न्यायाधीशमा प्रस्तावित मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापाको नाम अनुमोदन गरेको समितिकी सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन् । 

    उनले भनिन्, ‘आजको बैठकमा मेघराज पोखरेल, श्रीकान्त पौडेल र शान्तिसिंह थापालाई सर्वोच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि अनुमोदन गर्ने निर्णय भएको छ ।’यस्तै, न्याय परिषद् सदस्यमा प्रस्तावित महेशकुमार नेपाललाई समेत अनुमोदन गरेको उनले बताइन् ।

    यसैगरी नेकपा (माओवादी केन्द्र) ले भने बैठक नै बहिष्कार गरेको थियो । व्यक्तिका नाममा आपत्ति नभए पनि समावेशी हुनुपर्ने माग माओवादीको थियो । माओवादी सांसद जनार्दन शर्माले न्याय परिषद्बाट गरिएको सिफारिस समावेशिताका मूल्यलाई एकदमै उल्लंघन गरिएको बताए ।

    उनले भने, ‘सिफारिस गर्दा न्याय परिषद्बाट गरिएको सिफारिस समावेशिताका मूल्यलाई एकदमै उल्लंघन गरिएको छ । योग्यता पुगेका पात्र हुँदाहुँदै एउटा कोटा खाली गरेर सिफारिस गरिएन ।  यसरी एउटा उत्पीडित समुदायबाट आउन सक्ने व्यक्तिहरू आउन सक्नु भएन । एउटा दलित समुदायबाट प्रतिनिधित्वको राम्रो सम्भावना थियो तर त्यस्तो व्यक्तिलाई सिफारिस नगरी प्रस्तावित न्यायाधीशहरूको संसदीय अनुमोदन भएको छ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij