वेबटिभी खबर
काठमाडौं । स्वतन्त्रनागरिक छानबिन आयोगले गत चैत्र १५ गते तीनकुनेमा भएको घटनाको सम्बन्धमा प्रतिवेदन सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक प्रतिवेदनमा तीनकुने घटनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन र कानुनी व्यवस्थाको उल्लंघन भएको आयोगले निष्कर्ष निकालेको छ ।
प्रतिवेदनमा घटनामा नेपालको संविधान, मानवअधिकार सम्बन्धी विश्वव्यापि घोषणापत्र र विभिन्न अन्तराष्ट्रिय सन्धिहरूको उल्लंघन भएको आयोगले ठहर गरेको छ । प्रतिवेदनमा कार्यक्रम संयोजक प्रहरीको घेराभित्रबाटै फरार भएपश्चात वरिपरीका निजी घरहरुमा आगजनी हुनु, गोली हान्नुपर्ने परिस्थितिन भएको अवस्थामा गोली हानिएको उल्लेख छ ।
विज्ञहरुले घटनामा सुरक्षाकर्र्मीले अनावश्यक र अत्याधिक बल प्रयोग गरेको बताएको प्रतिवेदनमा उल्लेख गरिएको छ । २८ पृष्ठको प्रतिवेदनमा कतिपय घटना र विषयमा थप छानबिन गर्नुपर्ने आयोगले उल्लेख गरेको छ । उक्त कार्यक्रममा बोख्दै आयोगका अध्यक्ष देवेन्द्र लाल नेपालीले व्यवस्थामान्ने या नमान्ने दुबैले इतिहास घटितहुँदै गएको बुझनु पर्ने बताए ।
उनले जनताको विरुद्दमा सेनानजाने जनाए । उनले नेपालमा भएका सबै शक्तिहरु मिलेर अघिबढ्नु पर्ने धारणा राखे । त्यस्तै उनले एउटा इतिहास घटितहुँदै छ । एउटा शिक्षा नेपालको प्रत्येक पक्षले सत्तामा बस्ने या बाहिर बस्ने व्यवस्थामान्ने या व्यवस्थानमान्नेहरु सबैले इतिहास घटितहुँदै गएको कुरा बुझनु पर्ने छ । आवश्यक स्थितिघटित हुँदैछ । यसलाई बुझ्न आवश्यक रहेको छ । तिनकुनेमा जुनघटना घट्यो त्यो अन्यन्तै दुखःद पक्ष हो । त्यस्तो घटना र्पुन नदोहोरियोस् । सेना परिचालन गरि दबाउने सोचेको होला संसारका कुनै शक्तिले जनताको विरुद्दमा सेना परिचालन गर्न सक्दैन सबै जनताको शक्ति मिलेर अघि बढ्ने विश्वास लिएको छु ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij