वेबटिभी खबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष तीन देशका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित समारोहमा भारतका लागि डा.निश्चलनाथ पाण्डे, चीनका लागि डा.कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णले राजदूत पदको पद तथा गोपनीयताको शपथ लिएका हुन् । समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij