वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभापति रवि लामिछानेलाई प्रहरीले मानव अधिकारको हनन हुनेगरी पक्राउ गरेको भन्दै मानव अधिकार आयोगलाई ध्यानाकर्षण गराएको छ ।
बुधबार रास्वपाका कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले आफ्नो नेतृत्वमा गएको रास्वपाको टोलीले सामान्य एउटा प्रकृया पनि पूरा नगरी लामिछानेलाई प्रहरीले पक्राउ गरेको भन्दै आयोगबाट छानबीन भइ आवश्यक कारबाहीको माग सहित आयोगलाई ज्ञापनपत्र बुझाएको जानकारी दिए ।
‘सामान्य एउटा प्रकृया पनि पूरा नगरी दुईरात भएपनि सुत्छ कि भन्ने हिसाबमा राज्य संयन्त्र रातारात लागेर सामान्य जीवनमा ठूलै हलचल ल्याउने खालको काममा राज्य संयन्त्र उत्रियो । त्यसको हामी घोर भत्र्सना गर्दछौं । हामीले सभापति रवि लामिछाने विरुद्ध मानव अधिकारको हननको यो क्रमलाई राष्ट्रिय मानव अधिकार आयोगबाट छानबीन भइ आवश्यक कारबाही होस् भन्ने हिसाबमा आयोगमा आज एउटा निवेदन पेस गरेको छौं ।’ बुर्लाकोटीले भने
त्यस्तै, उनले गैरकानूनी रूपमा अनावश्यक बल प्रयोग गरी अभद्र व्यवहार र धरपकड गरी प्रचलित कानून र न्यायिक प्रक्रिया समेत अबलम्बन नगरी गैर कानूनी रुपमा उनलाई पक्राउ गरेको बताए । उच्च अदालतको आदेश नआउँदै हातहतियारसहितको प्रहरीले अघोषित रुपमा घर सिल गरिएकोमा उनले आपत्ति जनाए । उनले मानव अधिकार उल्लंघनको घटनामा आयोगले छानबिन गरेर आवश्यक कामकारवाही अगाडि बढाउने आयोगका अध्यक्षले प्रतिबद्धता जनाएको पनि जानकारी गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij