Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

निर्वाचन आयोग हरेक कुरामा संवेदनशिल छ : आयुक्त थपलिया

निर्वाचन आयोग हरेक कुरामा संवेदनशिल छ : आयुक्त थपलिया

  • 168
    SHARES
  • निर्वाचन आयोग हरेक कुरामा संवेदनशिल छ : आयुक्त थपलिया

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन आयोग हरेक कुरामा संवेदनशिल रहेको बताएका छन् । बुधबार संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले आयोग कहिले आफ्नो परिभाषा बदलेर बेइमानी काम नगर्ने बताएका हुन् ।

    आयुक्त थपलियाले भने, ‘छलफल गरिरहँदा निर्वाचनको समयमा राजनीतिक दल र उम्मेदवार र कतिपय निर्वाचित भएर आएका प्रतिनिधि भनेका चाँही मत किन्ने, आंचारसंहिता उल्लंघन गर्ने, एउटै मान्छेलाई पटकपटक भोट हाल्न लगाउने, जथाभावि खर्च गर्ने, खर्च गरेको विवरण पनि आयोगमा गलत पेश गर्दै आयोगलाई जिल्याँउने, गठबन्धन गरेर महिलाहरुलाई आउनबाट रोक्ने, पैसाको चलखेल गर्ने आदि ईत्यादि कुराहरु समितिमा उठ्यो । तर  निर्वाचन आयोग कुनै पनि राजनीतिक दल, उम्मेदवार र यहाँहरुलाई त्यस्तो बेमान पात्र ठान्दैन ।’

    साथै, उनले हामीले आफ्नो परिभाषा बदल्न नहुने बताए । उनले दलिय  व्यवस्थामा दल, उम्मेदवार र निर्वाचन प्रतिनिधि सधैं इमान्दार रहने बताए । आयुक्त थपलियाले अहिलेको निर्वाचन प्रणालीलाई नै सुधार गर्नुपर्ने बताए । उनले प्रणाली फेर्दा अवस्था उस्तै तर प्रणाली फेरिएको देशको पहिचान बनाउन सक्ने भन्दै थपलियाले अहिलेकै निर्वाचन प्रणालीले समृद्धि आउन नरोकिने जनाए ।

    आयुक्त थपलियाले भने, ‘हामीले गरेको अध्ययनले तत्कालै निर्वाचन प्रणाली फेरिएन भने समृद्धि रोक्छ भन्दैन । सडकमा धुलो उडेको यही प्रणालीले गर्दा भनेको छैन । राजनीतिक तहमा छलफल त गर्न सक्नुहुन्छ, कम्तीमा पनि बृहत् र तुलनात्मक अध्ययन गरेर हिजो नभएको कुरा यस्तो हुन्छ भन्नुपर्छ । हामीले संविधानपिच्छे प्रणाली फेरेको छौँ, संविधान र कानुन फेर्ने अवस्था उस्तै भन्ने देश पो बन्छ कि ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij