Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

उदेश्यका साथ अगाडि बढे हरेक कुरा सम्भव छ : अध्यक्ष शर्मा

उदेश्यका साथ अगाडि बढे हरेक कुरा सम्भव छ : अध्यक्ष शर्मा

  • 164
    SHARES
  • उदेश्यका साथ अगाडि बढे हरेक कुरा सम्भव छ : अध्यक्ष शर्मा

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले उदेश्यका साथ अगाडि बढे मात्र हरेक काम पुरा गर्न सकिने बताएका छन् ।

    शनिबार राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपालको २७ औँ स्थापना दिवसको अवसरमा उनले समाज र आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्वपूर्ण रहने बताएका हुन्।

    अध्यक्ष शर्माले भने, ‘हाम्रो उदेश्यलाई पुरा गर्ने गरी हिड्यौं भने हरेक कुराहरु सम्भव छ । निस्वार्थ हिसावले र हाम्रो उदेश्यलाई क्लियर गरेर हिड्यौं भने हाम्रो जीवनमा आउने  समस्याहरु समाधान हुन्छन् । समस्या त आउँछन् नआउने होइन, एउटा कमिटमेन्टका साथ अगाडि बढ्यौं भने हरेक कुराहरु पुरा गर्न सकिन्छ । हामीले उदेश्य कस्तो लिएका छौं त्यसमा भर पर्छ । हामीले आफ्नो व्यक्तिगत स्वार्थ, समाजको स्वार्थ, अर्थात हाम्रो दृश्टिकोणलाई कसरी व्यवस्थापन गरेका छौं, समाजले, आम नागरिकले हामीलाई कसरी बुझेको छ त्यो कुरा सबैभन्दा महत्वपूर्ण कुरा हो ।’

    यसैगरी उनले बीना अनुसन्धान शिक्षा नचल्ने बताए । उनले कतिपय निशुल्क शिक्षाभित्र राज्यले दिनुपर्ने सेवा सुविधा प्रष्ट हुनुपर्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij