Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार छैनन् : गगन थापा

राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार छैनन् : गगन थापा

  • 137
    SHARES
  • राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार छैनन् : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले कुनैपनि राजनीतिक दलहरु संघीय व्यवस्थाप्रति उदार नरहेको बताएका छन् ।

    मंगलबार ‘संघीयता सवलीकरणको कसीमा प्रदेशका सवालहरु’ विषयक छलफल कार्यक्रममा बोल्दै थापाले शासकीय जिम्मेवारी लिएका दलहरुले नै संघीयताप्रति अनुदार रहेको बताएका हुन् ।

    थापाले भने,‘हामीले जे शासकीय जिम्मेवारी लिन्छौ र लिएका छौं, कोहीपनि संघीयताप्रति उदार छैनौ । एकदमै अनुदार छौ । यसमा रुची छैन । मैले नयां दलहरु पनि हेरें, क्षेत्रीय दलहरु पनि हेरें । जसले बाहिर जे जे भनेपनि भित्र सरकार चलाउने ठाउँमा कसैले पनि शर्त राख्दैनन् ।’

    उनले मधेश र माओवादी आन्दोलनको पनि निकै ठुलो महत्व रहेको बताए । उनले संघीयताको बिषयमा कांग्रेस एमालेमा बहस गर्नुपर्ने पनि बताए । थापाले भने,‘संघीयताको बिषयमा बहस छलफल कि मधेश आन्दोलन, कि त माओवादी आन्दोलनसँग जोडेर बहस गर्छौं । दुवै आन्दोलनको महत्व ठूलो छ । तर अलिक फरक रुपमा पनि हेर्नपर्छ । केन्द्रमा मात्र सबै अधिकार यस्तै हुन्छ भनेर बुझ्नपर्छ । शासकीय बिजनेसमा यसलाई बदल्न सक्नुपर्छ । सबै राजनीतिक पार्टीको घोषणपत्रमा संघीयताप्रति कमिटमेन्ट छ । यो संस्थागत कमिटमेन्ट हो ।’ 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij