वेबटिभी खबर
काठमाडौं । अमेरिकी व्यापारी एवं अमेजनका संस्थापक जेफ बेजोस मंगलबार तीन अन्य व्यक्तिसहित अन्तरिक्ष यात्रामा जाँदैछन् । यस यात्रामा बेजोससहित उनका भाइ मार्क बेजोस, ८२ वर्षका पूर्व पायलट भेली फङक र १८ वर्षीय युवक ओलभिर डायमन रहनेछन् ।
यी सबै ब्लू ओरिजनको अन्तरिक्ष यान ‘न्यु सेफर्ड’ बाट जानेछन् । सेफर्डलाई अन्तरिक्ष पर्यटनलाई बढावा दिने उद्देश्यले डिजाइन गरिएको छ । न्यु सेफर्डमा ठूला ठूला झ्याल राखिएको छ । जसबाट अन्तरिक्ष पुग्दा पृथ्वीका दृश्यहरु देख्न सकिन्छ ।
उडान हुनुभन्दा अघि सिबिएस समाचारसँग दिएको एक अन्तर्वार्तामा बेजोसले आफू निकै उत्साहित रहेको बताएका छन् । न्यु सेफर्डले नेपाली समयअनुसार मंगलबार साँझ ६ः ४५ बजे अमेरिकाको टेक्सासबाट उडान भर्दैछ । यसलाई बेजोसको निजी लन्च साइट भ्यान हर्नबाट एक रकेटमार्फत् लन्च गरिनेछ ।
बेजोससहितको टिमलाई लिएर उड्ने स्पेस क्याप्सुल आफ्नो बुस्टरबाट करिब ७६ किलोमिटरको उचाईमा पुगेर छुटिन्छ । यसपछि क्याप्सुलले अन्तरिक्षमा १०६ किलोमिटरसम्म यात्रा गर्नेछ । जेफ बेजोसले सिबिएस न्युजसँग बताएअनुसार उनीहरु करिब ४ मिनेटसम्म शुन्य गुरुवात्कर्षणको अनुभव गर्नेछन् ।
यो यात्रा १० मिनेटको हुनेछ । अन्तरिक्षको अधिकतम उचाईसम्म पुगेपछि क्याप्सुल विस्तारै पृथ्वीतर्फ खस्नेछ र प्यारासुटको माध्यामबाट सबै अन्तरिक्ष यात्रीहरु पृथ्वीमा अवतरण गर्नेछन् ।
अन्तरिक्षमा जान लागेका अर्बपति जेफ बेजोसलाई पृथ्वीमा फर्किन नदिन हजारौं मानिसको माग
जेफ बेजोसले यात्रुसहित अन्तरिक्ष यान प्रक्षेपण गर्ने
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij