Logo

२०८३, आश्विन ५ गते सोमवार

२०८३, आश्विन ५ गते सोमवार

आगलागीमा परी एक जनाको मृत्यु, नौ जना घाइते

आगलागीमा परी एक जनाको मृत्यु, नौ जना घाइते

  • 128
    SHARES
  • आगलागीमा परी एक जनाको मृत्यु, नौ जना घाइते

    काठमाडौं । काठमाडौंसहित विभिन्न जिल्लाका २१ स्थानमा आगलागीका घटना घटेका छन् । पछिल्लो २४ घण्टामा आगलागीमा परी काठमाडौंको बुढानीलकण्ठमा एकजनाको मृत्यु भएको छ भने विभिन्न जिल्लामा गरी नौ जना घाइते भएका छन् ।

    बुढानीलकण्ठ नगरपालिका–१३ चुनीखेलमा पुजा कोठामा बत्ती बाल्ने क्रममा लगाएको लुगामा आगो सल्किँदा ७५ वर्षीया वृद्धाको मृत्यु भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डा‍.डिजन भट्टराईले जानकारी दिए ।

    उनले अन्य जिल्लामा पनि जाडो बढेसँगै आगो ताप्ने क्रममा आगलागीमा परी मानिस घाइते हुनेक्रम बढेको बताए । प्रवक्ता डा.भट्टराईले मोरङ, सुनसरी, धनुषा, रौतहट, भक्तपुर र कपिलवस्तुमा आगलागीमा परेर नौ जना घाइते भएको जानकारी दिए ।

    घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । चिसो बढिरहेकाले मानिसहरुले विभिन्न तरिकाले असावधानीवश न्यानोका लागि आगो ताप्दा आगलागी हुने गरेकाले आगो प्रयोग गर्दा विशेष सावधानी अपनाउन प्राधिकरणले सबैमा अनुरोध गरेको छ ।

  • सम्बन्धित विषय:

  • # घाइते

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij