Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

गोताखोर टोलीद्वारा बेपत्ता दुवै जनाको शव निकालियो

गोताखोर टोलीद्वारा बेपत्ता दुवै जनाको शव निकालियो

  • 121
    SHARES
  • गोताखोर टोलीद्वारा बेपत्ता दुवै जनाको शव निकालियो

    सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ ।
     
    बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार  आज बिहान दुर्घटना हुँदा कारचालकसहित दुई जना ईश्वरपुर-२ मियाँखोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका थिए ।

    बेपत्ता कारचालक महोत्तरीको गौशाला नगरपालिका-१० का अन्दाजी ३८ वर्षीय सुरेश महतो र सवार महोत्तरीकै सोनमा गाउँपालिका-८ का ३७ वर्षीय रामाकान्त ठाकुरको शव पोखरीबाट गोताखोर टोलीले निकालेको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए ।

    कारमा सवार अर्का महोत्तरीको गौशाला-२ का ३१ वर्षीय जनक यादव भने पौडिएर सकुसल पोखरीबाट बाहिर निस्कन सफल भएका थिए ।

    सशस्त्र प्रहरी बलको टोली र इलाका प्रहरी कार्यालय केश्वरगञ्जबाट पुगेको प्रहरी टोलीले संयुक्त रुपमा बेपत्ताको खोजी तथा उद्धार गरेको थियो ।

    सो टोलीले  बेपत्ता फेला नपरेपछि बर्दिवासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली मगाएर खोजी गरिएको थियो । 

    गोताखोर टोलीले शव बाहिर निकालेपछि परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्गवा लैजाने तयारी भएको प्रनाउ श्रेष्ठले जानकारी दिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बेपत्ता

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij