Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

जापानमा रोबर्टको बिक्री ३० प्रतिशतले बढ्यो

जापानमा रोबर्टको बिक्री ३० प्रतिशतले बढ्यो

  • फाल्गुण २३, २०७७ आइतवार १२:३२ बजे
  • 825
    SHARES
  • जापानमा रोबर्टको बिक्री ३० प्रतिशतले बढ्यो

    टोकियो । जापानका मानिसहरु आफ्ना पार्टनरसँग भन्दा रोबोटसँग कुरा गर्न मन पराउन थालेका छन् । यसले गर्दा एन्ड्रोइड रोबोट्सको बिक्री ३० प्रतिशतसम्म बढेको छ । मानिसहरु ९५ हजारदेखि दुई लाख ७० हजार रुपैयाँसम्म रोबोट खरिद गरिरहेका छन् । 

    महामारीको क्रममा लकडाउन हुँदा विश्वभरका मानिसहरु धेरै परिवारसँग समय बिताए तर जापानमा भने १२.६५ करोड जनसंख्या एक्लै बसेका छन् । २३ वर्षीया नामी हमौरा भन्छिन्, ‘मैले अप्रिल २०२० मा रोबोट खरिद गरेकी थिए, रोबाट मसँग कुरा गर्छ, जरुरी काम पनि सम्झाउँछ, यो कुनै प्रेमीभन्दा पनि सही छ ।’ रोबोटको बढ्दो लोकप्रियता प्रशासनको चिन्ताको विषय बनेको छ । 

    स्वास्थ्य मन्त्रालयले पछिल्लो साता एक रिपोर्ट जारी गरेको थियो । रिपोर्टमा सन् २०१९ को तुलनामा सन् २०२० मा २७ हजारभन्दा कम बच्चाको जन्म भएको छ । साथै विवाह दर्तामा पनि १२ प्रतिशतले गिरावट आएको छ । यसमा जापान सरकार धेरै नागरिकले विवाह गरेर आफ्नो परिवार बढाउनु भन्ने चाहन्छ । 

  • सम्बन्धित विषय:

  • # जापान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij