Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

झापामा खोलाले बगाएर ३ जना बेपत्ता

झापामा खोलाले बगाएर ३ जना बेपत्ता

  • 178
    SHARES
  • झापामा खोलाले बगाएर ३ जना बेपत्ता

    झापा । झापामा खोलामा डुबेर तीनजना बेपत्ता भएका छन् । बेपत्ता हुनेहरुमा एक किशोरी र दुई पुरुष रहेका छन् । गौरीगंज गाउँपालिका वडा–३ र २ को सिमानामा रहेको हुलाकी सडकमा पर्ने किस्ने खोलाको पुलबाट एक व्यक्ति हामफालेर बेपत्ता भएका छन् ।

    शुक्रवार बेलुका करिब ४ बजे गौरीगंज २ को भाकुरमारी सुकुम्बासी बस्ती बस्ने अन्दाजी वर्ष ५० का केमालाल ताजपुरिया हामफालेर बेपत्ता भएको प्रहरीले जनाएको छ । अविरल वर्षाका कारण खोलामा आएको बाढीले उनको खोजी कार्यमा समस्या भएको छ । नदीको पानीको बहाव उच्च रहेकोले खोजी कार्यमा समस्या भएको इलाका प्रहरी कार्यालय गौरीगंजका प्रहरी निरीक्षक रामचन्द्र साहले बताए ।

    यसैगरी शुक्रवार साँझ ६ बजेको समयमा कमल गाउँपालिका वडा न १ बस्ने मुसे भन्ने ३५ वर्षीय टिकाराम चौधरी किस्ने खोलामा बेपत्ता भएका हुन् । खोलामा माछा मार्ने क्रममा उनी डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय गौरादहको प्रहरी टोली खटिएर बेपता चौधरीको खोजी गरिएपनि हालसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    शुक्रवार नै कचनकवलमा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छन् । कचनकवल–१ झकुवाटोली बस्ने पचु राजवंशीकी छोरी १४ बर्षीया नेहारिका राजवंशी जमुना खोलामा डुबेर बेपत्ता भएकी हुन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij