Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

जापानमा वृद्धवृद्धाको संख्या उच्च

जापानमा वृद्धवृद्धाको संख्या उच्च

  • 142
    SHARES
  • जापानमा वृद्धवृद्धाको संख्या उच्च

    एजेन्सी । जापानमा यस वर्ष ६५ वर्ष वा सोभन्दा बढी उमेर समूहका व्यक्तिको सङ्ख्या तीन करोड ६२ लाख ५० हजार पुगेको सरकारी तथ्यांकले देखाएको छ ।

    जापानको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले आइतबार सार्वजनिक गरेको तथ्यांकअनुसार जापानको कूल जनसंख्याको २९.३ प्रतिशत वृद्धवृद्धा रहेका छन् ।

    विश्वका २०० देश र एक लाखभन्दा बढी जनसंख्या भएका क्षेत्रको सूचीमा ज्येष्ठ नागरिकको अनुपातका आधारमा जापान शीर्ष स्थानमा रहेको मन्त्रालयले जनाएको छ ।

    इटाली, पोर्चुगल, ग्रीस, फिनल्याण्ड, जर्मनी र क्रोएसियाले युरोपको प्रतिनिधित्व गर्दै शीर्ष १० मा २० प्रतिशतभन्दा बढी वृद्धवृद्धाको जनसंख्या दर भएका मुलुकका रूपमा प्रतिनिधित्व गरेका छन् ।

    दक्षिण कोरिया १९।३ प्रतिशत र चीन १४।७ प्रतिशत वृद्धवृद्धाको जनसंख्या रहेको छ । जापानले बढ्दो जनसंख्या संकटटको सामना गरिरहेको छ । बढ्दो वृद्ध जनसंख्याले चिकित्सा र कल्याणकारी लागत बढाउँछ साथै यसको लागि भुक्तानी गर्न श्रम शक्ति घट्दै जान्छ।

    जापानको सरकारी तथ्यांकअनुसार देशको कुल जनसंख्या पाँच लाख ९५ हजारले घटेर १२ करोड ४० लाखमा झरेको छ ।

    आइतबारको तथ्यांकअनुसार सन् २०२३ मा जापानमा ९१ लाख ४० हजार वृद्धवृद्धाले कुनै न कुनै रोजगारी पाएका छन् । उनीहरूले कुल श्रमशक्तिको १३।५ प्रतिशत प्रतिनिधित्व गर्छन् वा हरेक सातमा एक जना रोजगार कर्मचारीको प्रतिनिधित्व गर्छन् ।

    जापान सरकारले आफ्नो जनसंख्याको ह्रास र वृद्धवृद्धाको जनसंख्यालाई सञ्तुलनमा राख्ने प्रयासस्वरूप विभिन्न योजनाहरू सार्वजनिक गरेको भएपनि यसले सार्थकता पाउन सकेको छैन ।

  • सम्बन्धित विषय:

  • # जापान

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij