वेबटिभी खबर
हेटौंडा । मकवानपुर जिल्ला लिग फूटबल प्रतियोगिताको आजको खेलहरु प्रभावित भएको छ । भारी वर्षाका कारण हेटौंडाको सिमलटार खेल मैदान र गौरीटार खेल मैदान जल मग्न भएपछि खेल अवरुद्ध भएको हो ।
आज अवरुद्ध भएको खेल कहिले गर्ने विषयमा भने टुंगो लागेको छैन । भोली आइतबार जिल्ला लिग फूटबल प्रतियोगिता खेल तालिका अनुसारको खेल हुने अखिल नेपाल फुटबल संघ (एन्फा)का केन्द्रीय सदस्य एवं जिल्ला फुटबल संघ मकवानपुरका अध्यक्ष टिकाराम लामाले जानकारी दिए ।
मकवानपुर जिल्ला लिग फूटबल प्रतियोगिताको आज चार खेल हुने तालिका थियो । तर वर्षातको कारणले सबै खेल स्थगित गर्नुपरेको अखिल नेपाल फुटबल संघ एन्फाका केन्द्रीय सदस्य एवं मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष लामाले बताए।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij