वेबटिभी खबर
काठमाडौं । सभामुख देवराज घिमिरेले निर्माणाधीन संघीय संसद् भवन निर्माणलाई तीव्रता दिन आग्रह गरेका छन् ।
सिंहदरबार परिसरमा निर्माणमा रहेको संघीय संसद् भवनको आज स्थलगत निरीक्षण गर्दै सभामुख घिमिरेले तोकिएअनुसार काम नभएको पाइएपछि गति दिन आग्रह गरेका हुन् ।
आगामी चैतको पहिलो साताभित्र सो भवनको निर्माण सम्पन्न गर्ने समयसीमा रहेको भए पनि अपेक्षित प्रगति नभएको पाइएपछि उनले निर्माण कार्यलाई गति दिनुपर्नेमा जोड दिए ।
भवन निर्माणका सम्बन्धमा कुनै समस्या वा जटिलता भए सरकारसँग समन्वय गर्न, कामलाई गति दिने गरी जनशक्ति थप गर्न सभामुखले ध्यानाकर्षण गराए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij