Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरूद्ध

पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरूद्ध

  • 129
    SHARES
  • पहिरो खस्दा हेटौंडा-काठमाडौं जोड्ने दुई सडक अवरूद्ध

    बाग्मती । वर्षासँगै खसेको पहिराका कारण आज दिउँसोदेखि हेटौंडा-काठमाडौं जोड्ने दुई सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

    मकवानपुरको इन्द्रसरोबर गाउँपालिका-३ रामचन्द्र भञ्ज्याङस्थित सिस्नेरी कुलेखानी फर्पिङ काठमाडौं सडकखण्डमा वर्षाका कारण लेदो खसेर बाटो पूर्ण अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

    कान्तिलोकपथस्थित मकवानपुरको भिमफेदी गाउँपालिका-८ महादेवटार सडकखण्डमा पनि वर्षासँगै खसेको लेदोसहितको पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध भएका दुवै सडकमा पहिरो हटाउने कार्य भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए ।

  • सम्बन्धित विषय:

  • # पहिरो

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij