Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

सूचनाको हक सम्बन्धी ऐन प्रभावकारी ढंगले कार्यन्वयन गर्न आवश्यक : उपराष्ट्रपति यादव

सूचनाको हक सम्बन्धी ऐन प्रभावकारी ढंगले कार्यन्वयन गर्न आवश्यक : उपराष्ट्रपति यादव

  • 107
    SHARES
  • सूचनाको हक सम्बन्धी ऐन प्रभावकारी ढंगले कार्यन्वयन गर्न आवश्यक : उपराष्ट्रपति यादव

    काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सबैजना सक्रियताका साथ लाग्न जरुरी रहेको बताएका छन् ।

    सोमबार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्धारा राष्ट्रिय सूचना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको भन्दै यस सम्बन्धी ऐनको प्रभावकारी कार्यान्वयनको लागि सबै जना थप सजकता र सक्रियताका साथ लाग्न जरुरी रहेको बताएका हुन् ।

    उपराष्ट्रपति यादवले भने,‘ सूचनाको हकको महत्व र पारदर्शीता झनै बढ्दै गइरहेको छ । सूचनाको हक सम्बन्धी ऐनको प्रभावकारी कार्यन्वयनको लागि सम्बन्धित सबैले थप सजकता तथा सक्रियताका साथ अधिकतम प्रयासमा लाग्न जरुरी छ ।’

    उपराष्ट्रपति यादवले सूचनाले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्नकासाथै आम जनतालाई सरकारको कामबारे जानकारी प्रदान गर्ने भएकाले जनता र सरकार दुवैमा यसले प्रभावकारी भूमिका निर्वाह गर्ने बताए ।

    सूचनाले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही बनाउने मात्र नभई भ्रष्टाचार र अनियमितताई कम गर्र्न पनि उनको भनाई छ ।

    उपराष्ट्रपति यादवले भने,‘सूचनाको हकले सरकारी काम कारबाहीको पारदर्शीतालाई सुनिश्चीतता गर्दछ । आम जनतालाई सरकारले कसरी काम गरिरहेको छ भन्ने जानकारी यसबाट प्राप्त गर्न सकिन्छ ।यसले सरकारी अधिकारीहरुलाई सेवा प्रवाहका लागि जवाफदेही मात्र बनाउँदैन् ,भ्रष्टाचार र अनियमितताहरुलाई कम गर्न पनि सघाउँछ ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij