वेबटिभी खबर
बाग्लुङ । ब्रेन क्यान्सरबाट पीडित बाग्लुङ बजारका राजु केसीको उपचारका लागि ५३ लाख ३१ हजार सहयोग संकलन भएको छ ।
संकलित रकम शुक्रबार पत्रकार सम्मेलनमार्फत राजु केसीका बुबा रामबहादुर केसीलाई हस्तान्तरण गरिएको छ ।
केसीको उपचारमा नेपालबाट ५० लाख संकलन गर्ने लक्ष्य रहेपछि ५३ लाख सहयोग संकलन गर्न सफल भएको र विदेशमा समेत उठेको सहयोगले झन्डै एक करोड उपचारका लागि जुटेको राजु केसी सहयोग मूल समितिका संयोजक जगदीश चन्द्र उपाध्ययाले जानकारी दिए ।
बाग्लुङ नगरपालिका-२ हल्लन चोकका ब्रेन क्यान्सरपीडित केसीको उपचारका लागि सहयोग संकलन अभियानलाई स्थगनसमेत गरिएको उपाध्ययाले जानकारी दिए ।
केसीको हाल अष्ट्रेलियाको मेलबर्नमा उपचार भइरहेको छ । उनको उपचारमा हालसम्म परिवारले एक करोड ५० लाख खर्च गरिसकेको बुबा रामबहादुर केसीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij