वेबटिभी खबर
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डका अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएकोमा ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजीरअनुत्तीर्ण) भएका छन ।
गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा नियमिततर्फ एक लाख ९६ हजार ९१४ छात्रा र एक लाख ९३ हजार ९३३ जना छात्र गरी तीन लाख ९० हजार ८४७ परीक्षार्थीहरु सहभागी भएका थिए । त्यस्तै ग्रेड वृद्धितर्फ एक लाख ६५० विद्यार्थी सहभागी हुने भएका थिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij