Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

वर्षाले नेपालगञ्ज जलमग्न

वर्षाले नेपालगञ्ज जलमग्न

  • 98
    SHARES
  • वर्षाले नेपालगञ्ज जलमग्न

    नेपालगञ्ज । नेपालगञ्जमा आज भएको वर्षाले यहाँका विभिन्न स्थान जलमग्न भएका छन् ।

    उपमहानगरपालिकाको घरबारी टोल, सदरलाइन, भेरी अस्पताल लाइन, न्युरोड, सेतु विक चोक, रामलीला मैदानलगायत क्षेत्रमा पानीको निकास नहुँदा जलमग्न भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ ।

    ती स्थान जलमग्न हुँदा पैदलयात्रीलाई आवतजावत गर्न कठिनाइ हुनुका साथै सवारीसाधनलाई समेत आवतजावत गर्न कठिनाइ भएको प्रहरीको भनाइ छ ।

    जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले नरैनापुर गाउँपालिका-६ को दोन्द्रा खोलामा फसेका तीन जनालाई उद्धार गरिएको जानकारी दिए ।

    “खोल तर्न खोज्दा उहाँहरू त्यही फसेपछि हामीले उद्धार गरेका हौँ”, उनले भने । प्रहरी नायब उपरीक्षक डाँगीले फसेका तीन जनामध्ये दुई जनालाई सामान्य चोट लागेको उल्लेख गर्दै स्थानीय मेडिकलमा उपचार भइरहेको बताउनुभयो । स्थानीय ५० वर्षीय कूलबहादुर थारु, पर्शुराम मौर्य र पर्शुराम यादवलाई प्रहरीले उद्धार गरेको हो ।

  • सम्बन्धित विषय:

  • # वर्षा

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij