Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कर्णालीका १० जिल्लामा विद्यालयका भौतिक संरचना निर्माण हुँदै

कर्णालीका १० जिल्लामा विद्यालयका भौतिक संरचना निर्माण हुँदै

  • 121
    SHARES
  • कर्णालीका १० जिल्लामा विद्यालयका भौतिक संरचना निर्माण हुँदै

    सुर्खेत । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले ‘विद्यालय शैक्षिक पूर्वाधार कार्यक्रम’अन्तर्गत १० जिल्लाका ७९ स्थानीय तहमा रहेका विद्यालयको भौतिक संरचना निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गरेको छ ।

    आठवटा स्थानीय तह रहेको जुम्लामा चार पालिकामा भवन निर्माण भएका छन भने रूकुम पश्चिममा छ पालिकामा छवटा चारकोठे भवन निर्माण सम्पन्न भएका छन । कालीकोटका नौवटै पालिकामा विद्यालय भवन निर्माण गर्न चार करोड ५० लाख बजेट विनियोजन भएको छ । 

    डोल्पामा आठ पालिकामा विनियोजित बजेटअनुसारको काम भएको सामाजिक विकास कार्यालयका प्रमुख धनबहादुर शाहीले जानकारी दिए । सुर्खेतको नौ पालिकामा विद्यालय भवन निर्माणको काम गर्ने योजना रहेकामा सात पालिकामा काम पूरा भएको छ ।

    यसैगरी, सल्ल्यानका ११ वटा पालिकामा ११ विद्यालय भवन, जाजरकोटका सात पालिकामा र मुगुका चार पालिकामा क्रमशः एक/एक ओटा विद्यालय भवन निर्माण सम्पन्न भएका छन । दैलेखका ११ स्थानीय तहमा ११ वटा चारकोठे भवन बनाउन प्रारम्भ भएको छ । यो वर्ष दैलेखमा विद्यालय निर्माण गर्न पाँच करोड ५० लाख  विनियोजन भएको उक्त मन्त्रालयले जनाएको छ । 

  • सम्बन्धित विषय:

  • # विद्यालय

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij