Logo

२०८३, आश्विन ४ गते आइतवार

२०८३, आश्विन ४ गते आइतवार

जंगली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

जंगली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

  • 146
    SHARES
  • जंगली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

    तनहुँ । जंगलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीनजना बिरामी भएका छन् ।

    जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका-१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन् ।

    अनिताले जंगलबाट ल्याएको च्याउ खाँदा उनीहरु बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।

    बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उपचारका लागि मेट्रोसिटी अस्पताल पाल्पा पठाइएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # बिरामी

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij